३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड-ओली खटपट, अब के होला ?


3.1k
Shares

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानु ठिकअघि भारतका लागि नेपाली राजदूतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय लिए मन्त्रिपरिषद्बाट । ती राजदूतहरु सबै शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २ वर्षअघि नियुक्त भएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा जानुअघि प्रचण्डले लिएको यो निर्णय दबाबमा परेर गरिएको बुझिएको छ ।

सत्ता गठबन्धनको अर्को घटक नेकपा एमालेले दबाब दिएपछि प्रचण्ड राजदूत फिर्ता बोलाउने निर्णयमा पुगे । प्रचण्डले भारत जानुअघि नै दुई मन्त्री नियुक्त गर्ने प्रयास गरेपनि सफल नहुने देखिएको छ ।

दुई मन्त्रालय खाली गर्न नेकपा एमालेलाई एक मन्त्री फिर्ता बोलाउन प्रचण्डले ओलीलाई प्रस्ताव गरे । तर, ओली तयार भएनन् । माओवादी हितबहादुर तामाङलाई फिर्ता बोलाउन तयार देखिएको छ । पर्यटन मन्त्रालयमा रञ्जिता श्रेष्ठलाई ल्याएर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने प्रचण्डको योजना छ ।

सीके राउतको दल जनमत पार्टीबाट एक मन्त्री बनाउने तयारी पनि छ प्रचण्डको । त्यसका लागि ओलीलाई एक मन्त्री फिर्ता बोलाउन भनेपनि तयार भएनन् ।

प्रचण्ड र ओलीबीच कतिपय मामलामा असहमति बढिरहेको छ । सहकारी छानविन समिति गठन देखि विभिन्न निर्णयमा ओली असहमत छन् । प्रचण्ड पनि ओलीको दबाबले वाक्क भएको बुझिएको छ ।

प्रचण्ड र ओलीबीच पछिल्लो समय खटपट बढ्न थालेको छ । यसले सत्ता गठबन्धन धरमराउन थालेको छ ।

प्रतिक्रिया