१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतको चुनावमा खालिस्तानी पृथकतावादी र इन्दिरा गान्धीका हत्याराका छोराले चुनाव जितेपछि…


1.6k
Shares

एजेन्सी, २४ जेठ । भारतको लोकसभा चुनावमा केही रोचक परिणामहरु आएका छन् । विवादास्पद पृष्ठभूमिका व्यक्तिहरुले चुनाव जितेका छन् । तीमध्ये भारत नै टुक्राउने उद्देश्यले लागेकाहरु पनि छन् ।

खालिस्तानी पृथकतावादी अमृतपाल सिंहले पञ्जाबबाट चुनाव जितेका छन् । उनी जेलमै छन् । स्वतन्त्र उम्मेदवारका रुपमा सिंहले चुनाव जिते ।

इन्दिरा गान्धीलाई गोली हानी हत्या गर्ने उनकै अंगरक्षक बिन्ट सिंहका छोरा सरवजीत सिंह खाल्साले पनि चुनाव जितेका छन् । उनी पनि स्वतन्त्र उम्मेदवार थिए ।

पाकिस्तानसँग सीमा जोडिएको पञ्जाबको निर्वाचन क्षेत्रहरुमा पृथकतावादी पृष्ठभूमिकाले चुनाव जित्नुलाई गम्भीर मानिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया