३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मधेश प्रदेशमा सत्ताको नयाँ खेल, को बन्ला मुख्यमन्त्री ?


332
Shares

काठमाडौं, २४ जेठ । सरोज यादवले विश्वासको मत लिन नसकेपछि मधेश प्रदेशको मुख्यमन्त्री पद गएको छ । अब नयाँ मुख्यमन्त्रीको मार्ग खुलेको छ ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान भएको छ । शुक्रबार विहान १० बजेसम्म बहुमतको दाबी गर्न सकिने गरी प्रदेश प्रमुखले आव्हान गरेकी छिन् ।

मधेशमा जसपा नेपालको विभाजनले सत्ताको खेललाई नयाँ मोड दिएको छ । जसपा नेपालका प्रदेश सांसदहरु विभाजित जसपाको पक्षमा खुलेका छैनन् । तर, नयाँ सरकार गठनको आव्हानले मन्त्री बन्न गुट परिवर्तनको खेल हुनेछ ।

मधेशमा काँग्रेस र जसपा नेपाल मिल्दा पनि बहुमत पुग्दैन । सीके राउतको जनमत पार्टी सत्ता गठबन्धनतर्फ ढल्किएको छ । नेकपा एस अनिर्णित छ ।

एमाले, माओवादी र जनमत पार्टी मिल्दा पनि बहमुत पुग्दैन । लोसपा निर्णायक शक्ति बनेको छ मधेशमा । यसले मधेशमा सत्ता राजनीतिले नयाँ खेलको बाटो खोलेको छ ।

प्रतिक्रिया