९ माघ २०८१, बुधबार | January 22, 2025

रवि लामिछानेको ओलीसँग खटपट


664
Shares

काठमाडौं, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भएका छन् । रविले ओलीको पछिल्लो अभिव्यक्तिहरुको आलोचना गरेका छन् ।

रवितर्फ संकेत गर्दै भँगेरा मार्न तोप लिएर हिंड्ने भनेपछि रास्वपाभित्र खैलाबैला मच्चिएको थियो । ओलीले रविलाई निकै कमजोर ठानेर टिप्पणी गरेको विषय उठेको थियो ।

ओलीले रास्वपाबाट मन्त्री बनेकी सुमना श्रेष्ठबारे पनि नकारात्मक टिप्पणी गरेका थिए । विदेशमा विवाह गरेर नेपाल घुम्न आउँदा सांसद हुँदै मन्त्री बनेको भनेका थिए । यसप्रति लामिछानेले ओलीको आलोचना गरेका छन् ।

सहकारी ठगी प्रकरणमा रविको बचाऊ गरेका ओलीले भित्री चलखेल गरेको विषय उठिरहेको छ । रविलाई साइजमा ल्याउन संसदीय छानविन समिति गठन गरिएको देखिदै गएको छ ।

विगतमा समिति बनाउन असहमति गर्ने ओली पछि सहमत बनेका थिए । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएका छन् ।

प्रतिक्रिया