१२ श्रावण २०८१, शनिबार | July 27, 2024

वातावरणमन्त्री साह, भारतीदूय राजदूत श्रीवास्तव र ललितपुरका मेयर चिरिबाबुले रोपे रुख


498
Shares

काठमाडौं, २३ जेठ । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो । बुधबार ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी भई रुख रोपेका छन्।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए । वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया