१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सन्दीप लामिछानेविनाको नेपाली टोली विश्वकपमा पराजित


2.7k
Shares

काठमाडौं, २३ जेठ । टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाली टोलीले नेदरल्याड्ससँगको पहिलो खेल हारेको छ । नेपाली टोलीलाई दर्शकको ठूलो साथ रहेपनि ब्याट्सम्यान र बलरहरु दुवै राम्ररी चल्न सकेनन् ।

नेपालले सुरुवाती ब्याटिङ गरी १ सय ६ रन बनाएको थियो । जवाफमा ८ बल बाँकी रहँदै नेदरल्याड्सले लक्ष्य भेट्यो ।

नेपाली बलरहरुले बलियो प्रदर्शन गर्ने प्रयास गरेपनि सफल भएनन् । नेपाली टोलीका स्टार बलर सन्दीप लामिछानेको अभाव टड्कारो देखियो ।

सन्दीपलाई अमेरिकाले भीसा रोकेको हो । बलात्कारको आरोपमा उच्च अदालतबाट सफाई पाएपनि अमेरिकाले धेरै प्रयासका बाबजुद भीसा रोक्यो ।

नेपालका कतिपय एनजीओ र अधिकारवादीहरु सन्दीपलाई भीसा रोक्न हात धोएर लागे । यसले पनि असर गरेको बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया