१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सडकपेटी बढाउन खोज्ने बालेनलाई ओलीको तिरस्कार सडकमा ढल खन्ने हरिगोविन्दलाई पुरस्कार


6.1k
Shares

काठमाडौं, २१ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षीले राम्रो गर्न खोजे औडाहा भएर अवरोध गर्न खोज्छन् । यस्तै गरे उनले न्युरोडमा ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्युरोडमा फुटपाथ बढाउन खोजे । तर, ओलीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका रघुवीर महासेठलाई बालकोट बोलाएर खुराफाती जुक्ति निकाले । मन्त्रालय मार्फत्को सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालयहरुलाई पत्राचार गरी सडक अनुमती विना खन्नेलाई कारबाहीको चेतावनी दिन लगाए ।

न्युरोडमा पेटी बढाउन खोज्दा सडक विभागलाई महासेठमार्फत् परिचालन गराएर पीच गराए सोमबार नै । तर, ओलीकै दलबाट मेयर जितेका कतिपयले ढल खनेर जनतालाई दुःख दिइरहेका छन् ।

सडक विभागलगायत कुनैपनि निकायसँग अनुमति नलिई ढल खन्न लगाउनेमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ पनि छन् । उनले सिद्धिपुरबाट विष्णुडोल जाने सडकखण्डमा ढल खन्न लगाए । तर, महिनौं बित्दा पनि सडक बन्ने छाँटकाँट छैन । सडक हिड्न नहुने बनाइएको छ अहिले ।

हरिगोविन्दले आफ्नो जन्मथलो लुभुको एक टोलको ढल विष्णुडोल जाने बाटोमा खन्न लगाए । ढल खनेको ७ महिना बितिसक्दा पनि सडक जस्ताको तस्तै छ ।

बालेनले पेटी बढाउन खोज्दा पीच गर्न जाने ओलीका कार्यकर्ता महासेठले चलाएको मन्त्रालय हरिगोविन्दले झण्डै वर्षदिन बित्न लाग्दा ढल खनेर अलपत्र पारेको सडक बनाउने या कारबाही बढाउनेतर्फ बेवास्ता गर्छ । यसबारे सडक डिभिजन कार्यालय ललितपुरमा बुझ्दा आफूहरुसँग अनुमती नलिई ढल खनिएको जानकारी प्राप्त भएको छ ।

ओली आफ्नाले जे गरेपनि पुरस्कृत गर्ने र विपक्षीले राम्रा काम गरेपनि अवरोध गर्ने गतिविधिमा सक्रिय छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया