१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित


498
Shares

एजेन्सी, २१ जेठ । मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाउने भएको छ । मेक्सिकोको राष्ट्रपति निर्वाचनमा क्लाउडिया सेनबाउम निर्वाचित भएकी छिन् ।

६१ वर्षीया क्लाउडियाले झण्डै ६० प्रतिशत मत पाएको जनाइएको छ । उनले अर्की महिला प्रतिष्पर्धी सोचिटल गालभेजभन्दा ३० प्रतिशत बढी मत पाइन् । उनी अक्बोटर १ बाट राष्ट्रपति बन्नेछिन् ।

क्लाउडिया ऊर्जा वैज्ञानिक हुन् । उनी यहुदी परिवारमा हुर्किएकी हुन् । उनको दरसन्तान नाजी हमलाको बखत बुल्गेरियाबाट भागेर मेक्सिको पुगेका थिए । उनका मातापिता पनि वैज्ञानिक थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया