१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालमा एक हजारभन्दा बढी मदरसा, दर्ता नभई त्योभन्दा बढी सञ्चालनमा


332
Shares

काठमाडौं, २१ जेठ । नेपालमा एक हजारभन्दा बढी मदरसा दर्ता रहेका छन् । त्योभन्दा बढी संख्यामा दर्ता नभई सञ्चालनमा रहेको पाइएका छन् ।

मुस्लिम आयोगद्वारा २०७८ मा गरिएको अध्ययन प्रतिवेदनले १ हजार १९७ मदरसा दर्तामा रहेको र दर्ता बेगरसमेत धेरै संख्यामा सञ्चालनमा रहेको उल्लेख छ ।

मुस्लिमहरुले मदरसा खोल्ने क्रम अझै बढेको छ । विशेषगरी तराईका जिल्लामा यो क्रम चलिरहेको छ । मदरसा शिक्षाको क्रियाकलापहरुबारे भने प्रश्न उठ्ने गरेको छ ।

महालेखापरीक्षकको कार्यालयको २०८१ को वार्षिक प्रतिवेदनमा मदरसा शिक्षालाई थप व्यवस्थित बनाउनुपर्ने भनिएको छ । मदरसामा मुस्लिम धर्मालम्बी बालकालिकालाई कट्रपन्थी बनाउने गतिविधि चलेको विषय पनि उठ्ने गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया