५ आश्विन २०८१, शनिबार | September 21, 2024

४५ घन्टा ध्यानपछि मोदी आगामी सरकारको योजना बुन्दै


664
Shares

काठमाडौं, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभाको अन्तिम चरणको मतदान चलिरहँदा ध्यानमा थिए । कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा ४५ घन्टा ध्यानपछि मोदी दिल्ली पुगेका छन् ।

दुई कार्यकाल प्रधानमन्त्री बनिसकेका मोदी आगामी कार्यकालको योजनाको तयारी गर्न थालिसकेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले आइतबार नै सातवटा बैठक राखेका छन् । ती बैठकहरु अबको सय दिनमा बनाउने योजनाबारे केन्द्रित हुनेछ ।

मोदीले अघिल्लो कार्यकालको समिक्षा गरी नयाँ सरकारका लागि भावी रणनीति बनाउने गरी बैठकहरु राखेको बताइएको छ ।

मोदीको दल भारतीय जनता पार्टी र उसका गठबन्धनले लोकसभा चुनावमा दुई तिहाई मत ल्याउने एक्जिट पोलले देखाइसकेको छ । यसकारण पनि मोदी निकै उत्साही देखिएको जनाइएको छ ।

प्रतिक्रिया