३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भारतमा मोदीको पल्लाभारी हुने एक्जिट पोल, एनडीए दुई तिहाई नजिक पुग्ने प्रक्षेपण


3.7k
Shares

एजेन्सी, १९ जेठ । भारतमा एक महिनाभन्दा लामो चुनाव सकिएको छ । लोकसभाको चुनाव शनिबार सकिएसँगै एक्जिट पोलहरु धमाधम सार्वजनिक भइरहेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी र उसका गठबन्धन दलसम्मित एनडीएले भारी बहुमत ल्याउने प्रक्षेपण गरेका छन् । एक्जिट पोलहरुले एनडीए दुई तिहाईको नजिक पुग्ने अनुमान गरेका छन् । कतिपयले दुई तिहाई नै पुग्ने उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार एक्जिट पोलले एनडीए ३५३ देखि ३६८ सिट जितेर सरकार बनाउने अवस्थामा रहने छ ।

कँग्रेस आईसहितको इन्डिया गठबन्धनले ११८ देखि १३३ र अन्य दलहरुले ४३ देखि ४८ सिट ल्याउने उल्लेख छ ।

इन्डिया टीभीको एक्जिट पोलले एनडीएले ४ सय कटाउने देखाएको छ ।

एनडीएले उत्तर प्रदेश, आन्द्र प्रदेश, मध्य प्रदेश, विहार, पश्चिम बँगालमा उल्लेख्य सिट जित्ने एक्जिट पोलले देखाएको छ । गोवा, उत्तराखण्ड, हिमाञ्चल जस्ता साना राज्यहरुमा पनि एनडीएको प्रभाव देखिने उल्लेख छ ।

प्रतिक्रिया