१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एनसेल नेता कर्मचारी रिझाउँदै कर छल्दै, जनताको पैसामा लुट


498
Shares

काठमाडौं, १८ जेठ । एनसेल कर छलीका एकपछि अर्को प्रकरण सामसुम पार्ने अनेक प्रयासहरु चलिरहेको छ । देशको जिम्मेवार नेता, कर्मचारी देखि न्यायाधीशहरुलाई समेत प्रभावित बनाएर कर छलीलाई सफल बनाउन एनसेल लाग्दै आएको छ ।

एनसेलले शेयर विक्रीको नाटकीय घटना घटाइसकेको छ । यसको छानविन बनाएपनि कारबाही बढाइएको छैन । यसबाट एनसेलले खरबौंको चलखेल गरेर नेता देखि कर्मचारी रिझाएको खुलिसकेको छ ।

एनसेलको कर छली मिलाउन दूरसञ्चार प्राधिकरणमा भूपेन्द्र भण्डारीलाई अध्यक्ष बनाइएको नेपाली पेनले खुलाइसकेको छ । जबकि भण्डारी एनसेलका पूर्व कामदार हुन् । उनलाई सल्लाहकार बनाएर समेत एनसेलले तलब खुवाएको थियो ।

भण्डारीले अहिले एनसेलको बक्यौता रकम चुक्ता गराउन खोजेको देखाएर नयाँ नाटक मञ्चन गरेका छन् । एनसेलले ५ वर्षको नवीकरणवापत्को २० अर्ब रुपैयाँ चुक्ता नगरी ३ अर्ब मात्र चुक्ता गर्न खोज्दा नवीकरण रोकिएको छ । एनसेलले किस्ताबन्दीको सुविधा मागेकोमा प्राधिकरणले दिएको छैन । यसमा पनि ठूलै बार्गेनिङ चलिरहेको बुझिएको छ ।

एनसेललाई भदौको मध्यसम्ममा नवीकरणवापत्को विगतको १६ अर्ब र थप ३ अर्ब दस्तुरको बक्यौता रकम बुझाउन भनिएको छ । तर, एनसेल तयार छैन । उसले क्याबिनेटबाट निर्णय गराएर सुविधा लिन खोजेको छ । यसको लागि चलखेल चलिसकेको छ ।

एनसेलको शेयर कौडीको भाउमा विक्री गराएर ठूलै भ्रष्टाचार भएको छर्लंग छ । अहिले फेरि एनसेलले कर नतिर्ने बहाना गरेर नयाँ प्रकरण बनाउन खोजेको देखिदैछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया