२३ भाद्र २०८१, आइतबार | September 8, 2024

विद्या भण्डारी एमालेको भावी अध्यक्ष !


830
Shares

काठमाडौं, १७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भित्र भित्र राजनीतिमा सक्रिय छिन् । उनी नेकपा एमालेमा आफ्नो प्रभाव बढाइरहेकी छिन् । एमाले नेता कार्यकर्तासँग उनी नियमित सम्पर्कमा छिन् ।

एमालेको कतिपय कार्यक्रममा भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने गरेकी छिन् । विशेषगरी महिला भेलामा उनी सहभागी हुन्छिन् ।

एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेला आयोजना गरेकोमा भण्डारी नै प्रमुख अतिथि भइन् यसहप्ता ।

एमालेको गोदावरी प्रतिनिधि भेलामा पनि भण्डारी सहभागी भइन् । उनलाई विशेष सम्मान पनि दिइयो ।

भण्डारी एमालेका दिवंगत महासचिव मदन भण्डारीकी पत्नी हुन् । उनी मदन भण्डारीको निधनपछि राजनीतिमा आएकी हुन् ।

लामो समय एमालेको केपी शर्मा ओली गुटमा रहेर राजनीति गरेकी उनलाई राष्ट्रपति बन्ने अवसर मिल्यो । उनी अहिले पनि ओलीनिकट छिन् ।

एमालेमा ओलीपछिको नेतामा ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल प्रतिष्पर्धामा देखिन्छन् । तर, भण्डारी उनीहरुभन्दा प्रभावशाली छिन् । यसकारण पनि एमालेमा भावी अध्यक्षका रुपमा भण्डारीलाई नै प्रस्तुत गर्न थालिएको छ ।

प्रतिक्रिया