१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मह जोडी किन तर्सिए ?


1.7k
Shares

काठमाडौं, १५ जेठ । सामाजिक सञ्जालमा यतिबेला मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेको भिडियो भाइरल छ । उनीहरुले विगतमा कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया नागरिकता प्रकरणमा पक्राउ परेकोमा विरोधमा बोलेकोमा व्यापक विरोध भएपछि माफी मागेका हुन् ।

मह जोडीले माफी मागेपछि केही नाम चलेका पत्रकारहरुले संगठित रुपमा बोलेका छन् । उनीहरुले मह जोडीलाई माफी माग्न वाध्य पारेको विषयमा बोलेका छन् ।

मह जोडी वास्तवमा सञ्जालसँग तर्सिएका हुन् । कुनैबेला सञ्चारमा एकाधिकार जमाएको मिडियाको प्रभाव विस्तारै कमजोर भइसकेको छ । अब सबैभन्दा बलियो सामाजिक सञ्जालका प्रभावशाली भएकाहरु देखिएका छन् । उनीहरु यति प्रभावशाली भइसकेकी आफूलाई मजबुत ठान्ने स्थापित सेलिब्रिटीहरुलाई माथ खुवाइसकेका छन् ।

नेपालमा नयाँ भाष्य बनाउने क्षमता मूलधारको पत्रपत्रिका र मिडियाले नभई सामाजिक सञ्जालले गर्न थालेको छ । यसकारण पनि मह जोडी त्यस्ता शक्तिसँग तर्सिएका हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया