४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

२१ अर्ब ८८ करोड विद्युत महशुल तिरेनन् डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगकर्ताले


332
Shares

काठमाडौं, १३ जेठ । डेडिकेटेड तथा ट्रंकलाइनतर्फको ६२ ठूला उद्योगव्यवसायले २१ अर्ब ८८ करोड विद्युत महशुल नतिरेको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ । आइतबार सार्वजनिक प्रतिवेदनमा देशमा नाम चलेका उद्दोगीहरुले संचालन गरेका त्यस्ता उद्दोगले महशुल तिरेका छैनन् ।

प्राधिकरणले पटक पटक तिराउने प्रयास गरेपनि उनीहरुले शक्ति र पहुँचका आधारमा नतिर्ने बहाना कस्दै आएका छन् । गत वर्ष प्राधिकरणले सूचना नै निकालेर तिर्न भन्दै नतिर्नेको विद्युत लाइन काटेको थियो । त्यसपछि केही उद्योगले तिरेपनि पछि अनेकन उपाय निकालेर महशुल नतिर्ने अवस्था सृजना गरिएको छ ।

हालैमात्र जानकारीमा आयोगको डेडिकेटेड र ट्रंकलाइनको महशुल सम्बन्धी लाल आयोगको प्रतिवेदनमा पनि यसको व्याख्या नै विद्युत महशुल तिर्नुनपर्ने गरी गरिएको छ । जसमा डेडिकेटेड लाइनमा २४ घन्टा निरन्तर र ट्रंकलाइनमा २० घन्टा निरन्तर विद्युत आपूर्ति भएको हुनुपर्नेछ । यसको अर्थ अब विद्युत महशुल तिर्नुनपर्ने गरी माहोल सृजना गर्न खोजिएको छ ।

महालेखाको प्रतिवेदनमा सडकवत्तीतर्फ ६ अर्ब २ करोड विद्युत महशुल तिरिएको छैन । काठमाडौं महानगरालिकाले मात्र १ अर्ब ७९ करोड विद्युत बक्यौता तिरेको छैन ।

प्रतिक्रिया