देउवा र प्रचण्डबीच के के कुरा भयो

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री प्रचण्ड नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ नै पुगे । नयाँ गठबन्धन बनेपछि देउवालाई प्रचण्डले पहिलोपटक बुढानिलकण्ठमा भेटेका हुन् ।
भेटमा दुई नेताबीच संसदको गतिरोध अन्त गर्ने विषयमा छलफल भएको बुझिएको छ । प्रचण्डले देउवासँग सहकारी ठगीमा छानविन समिति गठन गर्ने विषयमा सहमति जुटाउने प्रयास गरेका थिए ।
प्रचण्डले कसैको नाम उल्लेख नगरी छानविन समिति गठन गर्न सकिने बताएको विश्वस्त स्रोतले बताएको छ । तर, देउवा भने तयार नभएको बुझिएको छ ।