लागूऔषध दुर्ब्यसनीबारे चेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं,११ जेठ । समृद्ध आधार नेपाल र चन्द्रगिरी नगरपालिकाको संयुक्त आयोजनामा लागू औषध दुर्ब्यसनीबारे जन चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
विद्या मन्दिर माध्यमिक विद्यालय नैकाप काठमाडौंमा शुक्रबार आयोजित चेतनामुलक कार्यक्रम समृद्ध आधार नेपालकी अध्यक्ष दीक्षा बानियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।
किशोरीहरूको मनोवैज्ञानिक परामर्श र लागूऔषध दुर्ब्यसनीबारे कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठ प्रमुख आतिथि र अतिथिमा प्रहरी निरीक्षक आशिष बिक थिए । संस्थाकी कोषाध्यक्ष नमिता बानियाँले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा झन्डै १०० विद्यार्थीको सक्रिय सहभागिता रहेको कोषाध्यक्ष बानियाँले बताउनुभयो ।