कामिरिता शेर्पा ३०औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं, ९ जेठ । विश्व किर्तिमानधारी आरोही कामिरिता शेर्पा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । उनी बुधबार विहान चुचुरोमा पुगेर नयाँ किर्तिमान बनाएका हुन् ।
अघिल्लो हप्तामात्र सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले आफ्नै किर्तिमान तोडेका थिए । उनले यो सिजनमा पनि दुईपटक सगरमाथा चढेका छन् । ५४ वर्षीय कामिरिता सोलुखुम्बुका हुन् ।