१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पशुपतिनाथको भेटी चोर्ने गिरोह


664
Shares

काठमाडौं, ८ जेठ । सँसारभरका हिन्दूहरुको पवित्र तीर्थस्थल पशुपतिनाथमा दैनिक दशौं हजार दर्शनार्थी आउने गर्दछन् । उनीहरुबाट दैनिक लाखौं भेटी संकलन हुन्छ । त्यसरी संकलन गरेको भेटी संकलन गरी बैंकमा जम्मा गरिन्छ । तर, पशुपतिनाथको भेटी सधै चोरी हुने गरेको खुलेको छ ।

पशुपतिनाथको भेटी चोरीमा एउटा गिरोह नै संलग्न रहेको खुलेको हो । भेटी चोर्न लगाउने गिरोहमा पशुपति विकास कोषका पदाधिकारी समेत रहेको तथ्य सार्वजनिक भएको छ ।

पशुपतिनाथमा मन्दिरको भेटी चोरको सीसीटीभीबाट पत्ता लागेको हो । चोरीमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राम्हणहरु नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउनेहरु सनिष कपाली, अनिल परियार र कुमार दमाई पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुले दिएको बयानका आधारमा कोषका कोषाध्यक्ष नारायण सुवेदी पनि अनुसन्धानमा परेका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकको रकम संकलन केन्द्रका कर्मचारी पनि पक्राउ गरिएका छन् ।

भेटी चोर्ने गिरोहले दैनिक १५ हजारसम्म चोरी गरेर कोषका पदाधिकारीलाई बुझाउने गरेको बयानबाट खुलेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया