३ आश्विन २०८१, बिहिबार | September 19, 2024

इरानका राष्ट्रपति रैसीको हेलिकोप्टर दुर्घटनामा निधन


332
Shares

एजेन्सी, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रैसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । इरानको राष्ट्रिय मिडियाले उनको निधन भएको पुष्टि गरेको हो ।

इरानको पूर्वी अजरबैजान प्रान्तमा आइतबार र्दुघटना भएको होलिकोप्टर जलेको अवस्थामा फेला परेको हो । होलिकोप्टर अमेरिकामा बनेको बेल २१२ हो ।

६३ वर्षीय रैसी सन् २०२१ मा निर्वाचित भएका थिए । उनी इरानको पुरातनवादी इस्लामिक विङका हुन् ।

राष्ट्रति रैसीको दुर्घटनामा निधन भएपछि उपराष्ट्रपति मोहम्मद मोकबर इरानको संविधान अनुसार कार्यवाहक राष्ट्रपति भएका छन् । त्यहाँको संविधानमा राष्ट्रपतिको राजीनामा या निधन भएमा ५० दिनभित्र चुनाव गर्नुपर्ने र त्यसभन्दा अघि उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार सम्हाल्ने उल्लेख छ ।

प्रतिक्रिया