२८ पुस २०८१, आइतबार | January 12, 2025

रवि लामिछाने आफ्नो नाम देखाउन उतिबेलै देखि मरिहत्ते


5.6k
Shares

काठमाडौं, ७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफ्नो नाम देखाउन भनेपछि उतिबेलै देखि मरिहत्ते गर्दथे । उनको कुनैबेला चलचित्र पत्रकार संघमा पनि आवद्ध थिए ।

२०५५ सालमा चलचित्र पत्रकार संघ बन्दा अध्यक्ष थिए भरत शाक्य । संघ बनाउँदा पत्रकारहरु जोडजाड गर्न निकै कठिन भएको त्यतिबेलाका सचिव विश्वमणि सुवेदीले खुलाएका छन् ।

माइन्युटमा रवि लामिछानेको दुई ठाउँमा हस्ताक्षर देखिन्छ । कमिटिमा नाम राखेपछि लामिछानेले उपस्थितिमा पनि हस्ताक्षर गराउन भनेको सुवेदीले उल्लेख गरेका छन् । त्यसपछि उनको नाम संघको सदस्य र उपस्थिति दुवैमा हस्ताक्षरसहित रहेको छ ।

टेलिभिजन प्रस्तोता हुँदै लामिछाने रास्वपाको अध्यक्ष, सांसद अनि उपप्रधानमन्त्री बनिसकेका छन् । उनीसँग उतिबेला देखि पत्रकारितामा सक्रियहरु थोरैमात्र अझै सक्रिय छन् । कतिपय विदेश पलायन भइसकेका छन् त कतिपय निस्कृय छन् ।

प्रतिक्रिया