२३ भाद्र २०८१, आइतबार | September 8, 2024

संसदीय समिति बनाएर सहकारी ठगी प्रकरणको छानविन हुने


664
Shares

काठमाडौं, ५ जेठ । सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति बन्ने भएको छ । बालुवाटारमा शीर्ष नेताहरुबीचको बैठकमा समिति बनाउने सहमति बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले डाकेको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायत सहभागी थिए । उनीहरुको शनिबार बसेको बैठकले संसदीय छानविन समिति गठन गर्ने सहमति गरेको हो ।

सहमति पछि अब संसदको गतिरोध अन्त हने भएको छ । नेपाली काँग्रेसलगायतका विपक्षी दलले समिति गठनको माग गदै संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया