१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओलीले किन दिए चुनावी तयारीमा लाग्न निर्देशन


2k
Shares

काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रभावशाली नेता कार्यकर्तालाई चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् । उनले कुनैपनि बेला चुनाव हुनसक्ने भन्दै तयार रहन निर्देशन दिएका हुन् ।

विश्वस्त स्रोतका अनुसार ओलीले मिसन ८४ भन्दै त्यस अघि नै चुनाव हुनसक्ने संकेत समेत गरेका छन् । उनले पार्टीका जिम्मेवारी पाएका निकायका नेता कार्यकर्तालाई चुनावी तयारीमा रहिरहन भनेका हुन् ।

ओली मध्यावधि चुनाव चाहन्छन् । उनको त्यस अनुसारको तयारी समेत छ ।

विगतमा प्रधानमन्त्री हुँदा ओलीले दुई पटक मध्यावधि चुनावमा जाने निर्णय लिएका थिए । तर, अदालतको आदेशले निर्णय असंवैधानिक ठहरियो ।

मध्यावधि चुनाव भएमा एमालेले अहिलेभन्दा बढी स्थानमा चुनाव जित्ने बुझाई ओलीको छ । त्यसैले पनि उनी मध्यावधिमा देशलाई लाने खेलमा सक्रिय भएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया