१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सन्दीप लामिछाने फर्किए राष्ट्रिय क्रिकेट टिममा, विश्वकप खेल्ने ढोका खुल्यो


830
Shares

काठमाडौं, २ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा पुनः फर्काइएका छन् । बलात्कार मुद्दामा निर्दोष रहेको फैसला आएपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका हुन् । उच्च अदालत पाटनले बुधबार सन्दीपलाई निर्दोष रहेको फैसला सुनाएको हो ।

फैसला लगत्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले निलम्बन फुकुवा गरिएको विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् । अब उनीमाथि घरेलु र अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा सहभागी हुने बाटो खुलेको छ ।

सन्दीप अब विश्वकप खेल्न समेत जान पाउनेछन् । त्यसबारे भने केही उल्लेख गरिएको छैन ।

सन्दीपमाथि एक युवतीले दुई वर्ष अघि बलात्कारका आरोप लगाएपछि प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेपनि युवतीको उमेर १८ वर्षमाथि रहेको खुलाएको थियो । जिल्ला अदालतको फैसला विरुद्ध सन्दीप पुनरावेदन अदालत पाटनमा पुनरावलोकनका लागि गएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया