१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रधानसेनापतिले देखे रोहिंग्याबाट खतरा; भारत, चीन, अमेरिका र इयूको स्वार्थबारे बोले


581
Shares

काठमाडौं, १ जेठ । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल तीन महिना बाँकी छ । सालिन जर्नेलको परिचय बनाएका उनले नरम शैलीमा बोलेपनि कडा विषय बाहिर ल्याइरहेका छन् ।
शर्माले विगतमा राजनीतिक नेतृत्वलाई एउटा रुख काट्ने निर्णय सम्म गराउन नसक्ने भनी आलोचना नै गरेका थिए । त्यसले तरंग नै ल्यायो ।

मंगलबार सेनापति शर्माले देशमा रोहिंग्या शरणार्थीको खतराबारे बोले । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले म्यान्मारको आन्तरिक द्वन्द्वका कारण रोहिंग्या शरणार्थी नेपाल आएर बसेका कारण समस्याहरु निम्तन सक्न्े औल्याए । उनले भने, ‘म्यान्मारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिंग्या शरणार्थी आएर बसेका कारण तिलने सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्छन् ।’

उनले नेपालमा भारत, चीन, अमेरिका र यूरोपेली युनीयनको बढी स्वार्थ देखिएको समेत बताए । तर, छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै चिढ्याउन नहुने बताए । सेनापति शर्माले भने, ‘चीन, भारत, युरोपेली युनियन र अमेरिका जेल भन्यो त्यही गर्ने होइन कि हामीले छिमेकीलाई चिढ्याउन हुँदैन ।’

नेपालको संवेदनशील भूराजनीतिक अवस्थाबारे विश्लेषण समेत गर्दै खुला सीमाना जलवायु परिवर्तन, श्रम आप्रवासन, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरे पनि समाधान गर्न नसक्ने प्रकारको नरहेको स्पष्ट पारे ।

देशमा बेला बेलामा धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि ती समस्यालाई स्थानीयस्तरमै मिलाउने गरिएको बताए । यसकै आधारमा राष्ट्रिय एकतामा कुनै असर नपुगेको दाबी गरे ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया