भारतमा चौंथो चरणको लोकसभा चुनाव, मोदीलाई विपक्षीको कति चुनौती ?
एजेन्सी, ३१ वैशाख । भारतमा लोकसभा निर्वाचन अन्तर्गत चौंथो चरणको मतदान चलिरहेको छ । ९६ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।
सात चरणको मतदान हुने तय भएकोमा सोमबार आधाभन्दा बढी क्षेत्रको चुनाव सकिनेछ । नौं राज्य र एक युनिएन टेरिटरीमा मतदान भइरहेको छ ।
चुनाव भइरहेका राज्यहरुमा आन्द्र प्रदेशको सबै २५ सिट, तेलंगनाको १७, उत्तर प्रदेशको १३, विहारको ५, झारखण्डको ४, मध्य प्रदेशको ८, महाराष्ट्रको ११, ओडिसाको ४, पश्चिम बँगालको ८ र जम्मु काश्मिरको एक सिट हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा र उसका गठबन्धन दलले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको चुनावमा विपक्षी गठबन्धन आक्रामक बन्दै गएका छन् । तर, मोदीमय बनेको भारतको चुनावमा उनीहरुलाई निकै चुनौती देखिएको छ ।