मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्ने निश्चित

काठमाडौं, ३० वैशाख । मधेश प्रदेशमा सरोज यादव नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि सरकार ढल्ने निश्चित भएको हो । प्रदेश सरकारमा माओवादीका दुई मन्त्रीले राजीनामा बुझाएका छन् ।
माओवादीले सरकार छाडेपछि मधेश सरकार अल्पमतमा परेको छ । मधेश प्रदेशबाट माओवादकिा मन्त्रीहरु भरत प्रसाद शाह र युवराज भट्टराईले राजीनामा दिएका छन् ।
मधेश प्रदेशमा जसपा, नेपालका सरोज यादव मुख्यमन्त्री छन् । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल फुटेपछि प्रदेश सरकारमा कम्पन आएको हो । यसको असर केन्द्र सरकारमा पनि पर्ने देखिएको छ ।
उपेन्द्र यादवलाई सरकारबाट हट्न वाध्य पारिदै, मधेशका मुख्यमन्त्री सरोज यादवको पद धरापमा