१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रचण्डलाई पक्राउ गर्न ज्ञानेन्द्र शाहीको माग


415
Shares

काठमाडौं, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीबी राईलाई भगाएकोले कारबाहीको माग गरे । उनले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग गरेका हुन् ।

गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई प्रधानमन्त्री प्रचण्डले भगाएको चितवनमा पुगेर बोलेको उल्लेख गर्दै भने, ‘अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ, गृहमन्त्रीले पक्राऊपूर्जी जारी गर्नुपर्छ ।’

जीबी राई भगाएको प्रकरणले राजनीतिलाई तताएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानविनका लागि संसदीय समिति बनाउन माग गर्दै काँग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया