७ पुस २०८१, आइतबार | December 22, 2024

प्रचण्ड र देउवाबीच के के कुरा भयो


415
Shares

काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रायः ढिलो उठ्छन् । आइतबार भने उनी केही चाँडो उठे । उनी बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे ।

प्रचण्डसँगको भेटमा सदनको अवरोध हटाउनेबारे कुरा भएको बुझिएको छ । काँग्रेसले रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिलाई बटमलाइन बनाएर सदन अवरुद्ध गर्दै आएको छ ।

प्रचण्ड संसदीय छानविन समिति बनाउनेमा लचिलो भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार छैनन् । यसकारण पनि उनी अप्ठ्यारोमा छन् ।

प्रचण्डले पछिल्लो समय देउवासँग निकटता बढाइरहेका छन् । नयाँ गठबन्धन बनेपछि प्रचण्ड ओलीसँग नजिकिए । तर, ओलीबाट पनि उनलाई समस्या परिरहेको छ ।

यतिबेला नयाँ गठबन्धन फेरि बन्ने विषय जोडतोडले उठिरहेको छ । तर, त्यो सजिलो भने छैन ।-File Photo

प्रतिक्रिया