१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सगरमाथा आरोहरणको मार्ग तयार, धमाधम चुचुरोमा पुग्नेको लाम


498
Shares

काठमाडौं, २८ वैशाख । सगरमाथा आरोहरणको लागि मार्ग तयार भएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहरणका लागि शेर्पा टोलीले मार्ग तयार गरेका हुन् ।

मार्ग खोल्ने १० जना शेर्पा टोली सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा चढ्न बाटो खुलेको जनाएको छ ।

सगरमाथाको चुचुरोमा पुग्ने शेर्पा समूहमा डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा दोर्जी शेर्पा, सुकबहादुर तामाङ, नामग्याल दोर्जे तामाङ र लाक्पा रिन्जी शेर्पा छन् ।

यसपालीको वसन्त ऋतुमा ४१ समूहबाट ४ सय १४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन् । उनीहरुमध्ये पहिलो टोली सगरमाथा पुगेको छ ।-Photo Source: Hemant Albert Soreng

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया