२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भारतको सहयोगमा बन्ने बैतडीको भुवनेश्वर माविको भवनको शिलान्यास


249
Shares

काठमाडौं, २७ वैशाख । भारतको सहयोगमा बन्ने बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माविको भवनको शिलान्यास भएको छ । पाटनका मेयर गौरी सिंह रावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले ‘३ करोड आर्थिक सहयोगमा निर्माण हुने भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा विद्यालयलाई आवश्यक अन्य सुविधासहितको दुई तल्ले विद्यालय भवन ब्लक–ए र ब्लक–सीको निर्माणमा उपयोग गरिने जनाइएको छ। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने र बैतडीको पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिने बुझिएको छ । ।

कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

बैतडीको पाटन नगरपालिकास्थित श्री भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया