२३ भाद्र २०८१, आइतबार | September 8, 2024

जसपा विभाजन असंवैधानिक भएको उपेन्द्र यादवको दाबी


332
Shares

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गराउने निर्वाचन आयोगको निर्णय असंवैधानिक भएको दाबी गरेका छन् । उनले त्यसविरुद्ध कानूनी उपचार खोज्न अदालत जाने समेत बताए ।

बुधबार पत्रकार सम्मेलन गरेर यादवले पार्टी विभाजनबारे आफ्नो धारणा स्पष्ट पारे । उनले रातारात विभाजन गराएर नयाँ पार्टी दर्ता गराइएको भन्दै यसमा ठूलै षड्यन्त्र भएको बताए ।

उनले भने, ‘निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैरकानूनी तरिकाले रातारात पार्टी दर्ता भएको हो, इतिहासमा पहिलोपटक यसरी पार्टी दर्ता भयो ।’

यादवले पार्टि विभाजन गराउनेहरु विगत र अहिले पनि मन्त्री भएको उल्लेख गरे । आफूले सबै दिंदा पनि पार्टी विभाजन गराउनुलाई गम्भीर रुपमा लिए ।-File Photo

प्रतिक्रिया