१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मोदीले गरे मतदान


498
Shares

एजेन्सी, २५ वैशाख । भारतको लोकसभा चुनाव अन्तर्गत तेस्रो चरणको मतदान मंगलबार सकिएको छ । ११ राज्यको ९३ सिटका लागि मतदान सकिएको हो ।

मंगलबारको मतदानमा भारतका प्रधानमन्त्री नरेन्द्र मादी पनि सहभागी भए । उनले गुजरातको अहमदावादको एक स्कुलमा रहेका मतदान केन्द्रमा मत दिए । उनले मतदानको आव्हान समेत गरे ।

भारतमा ५४३ लोकसभाको सिटका लागि सात चरणको मतदान तय छ । एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्वको सबैभन्दा ठूलो चुनाव जुन ४ मा सकिदैछ । यो चुनावमा सत्तारुढ भारतीय जनता पार्टी र उसका गठबन्धन दलले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।

मोदी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नेमा ढुक्क देखिन्छन् । कँग्रेस आईसहितको गठबन्धन उनलाई रोक्न सक्रिय छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया