५ आश्विन २०८१, शनिबार | September 21, 2024

जातीय र क्षेत्रीय मुद्दाबाट बनेका दल कमजोर बन्दै


415
Shares

काठमाडौं, २५ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको फुट अस्वाभाविक होइन । यादव नेतृत्वको दल पटक पटक फुटिसकेको छ । कुनैबेला मधेशको मुद्दाबाट स्थापित भएका नेता हुन् यादव ।

मधेश आन्दोलनबाट यादव नेतृत्वको दल स्थापना मात्र भएन अन्य शक्ति पनि उनको छातामुनी रहे । विजयकुमार गच्छेदार, महन्थ ठाकुर, शरदसिंह भण्डारी, राजेन्द्र महतो, महेन्द्र राय यादव जस्ता हस्ती नेताहरु यादवको नेतृत्वलाई स्वीकार्न पुगे । तर, विस्तारै उनको दल ओरालो लाग्दै गयो ।

सिमिति जाति र क्षेत्रको मुद्दा बोकेर यादव अगाडि बढ्न खोजे । उनको मिलन त्यस्तै समूहसँग भयो ।

डा. बाबुराम भट्टराई यादवबाट टाढिए । पछि अशोक राईसँग उनको निकटता बढ्यो । कम्युनिस्ट पृष्ठभूमिका राईले जनजातिको मुद्दा उठाउँदै आए । पछि राईले नै जसपा फुटाए ।

उपेन्द्र यादव मात्र नभई रेशम चौधरी पनि जातीय मुद्दा लिएर बढे । थरुहटको मुद्दा बोकेर टीकापुर दंगा गराउन भूमिका खेलेका थिए रेशमले । उनले नागरिक उन्मुक्ति पार्टी गठन गरे । तर, उक्त दल पनि घरझगडाले समस्यामा परेको छ । रेशम चौधरी र उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको विवाद छताछुल्ल भएको छ ।

जातीय र क्षेत्रीय मुद्दा बोकेका दलहरु यसरी नै कमजोर बन्दै गएका छन् । उनीहरुको राजनीति दीगो नहुने घटनाक्रमले देखाइसकेको छ ।

प्रतिक्रिया