५ आश्विन २०८१, शनिबार | September 21, 2024

ओलीको रणनीतिमा ‘चुच्चे नक्शा’ को नयाँ फण्डा


664
Shares

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्शा ल्याउनुमा आफ्नो प्रमुख भूमिका रहेको भन्दै जस लिने गरेका छन् । उनी प्रधानमन्त्री हुँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्शा ल्याइयो । संसदले पनि झण्डै सर्वसम्मत जसरी पारित गरेको थियो ।

चुच्चे नक्शाको विषयले छिमेकी भारत असन्तुष्ट बन्यो । त्यसपछि पनि ओलीले सबैभन्दा बढी यही चुच्चे नक्शालाई राजनीतिक मुद्दा बनाए । जबकि नेपालको उक्त भूभाग फिर्ता ल्याउन कुनै कूटनीतिक पहल गरेनन् । न त भारतसँग यसबारे वार्ता नै गर्न कस्सिए ।

ओलीले चुच्चे नक्शालाई राजनीतिक फण्डावाजीमै सिमित पारे । जनगणना हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनसंख्याको गणना गर्नेतर्फ पहल भएन ।

अहिले फेरि चुच्चे नक्शा नेपालको सयको नोटमा राख्ने निर्णय आएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा क्याबिनेटले यसलाई पारिन गरेको छ ।

कृष्णहरि पुष्करलाई अर्थ मन्त्रालयबाट सरुवा गरेर अख्तियारले डामेका मधु मरासिनीलाई अर्थ सचिव बनाएलगत्तै यो कदम चालिएको छ । भारतमा चुनाव भइरहँदा ओलीले नक्शाको नयाँ फण्डा गर्न लगाएका छन् । यसमा प्रचण्डले पनि साथ दिए ।

ओलीले चुच्चे नक्शालाई नै राजनीतिक मुद्दा बनाएर सेन्टिमेन्ट जित्न खोजेका छन् । कूटनीतिक पहल या दबाबमा गुमेको भूमि फिर्ता गर्ने भन्दा बलियो छिमेकीसँग जोरी खोजेर समस्याहरु बल्झाउने गतिविधि गर्न थालेका छन् । जसको उद्देश्य भूमि फिर्ता ल्याउने नभई राजनीतिक फण्डा मात्र निकाल्ने छर्लंग हुँदै गएको छ ।

प्रतिक्रिया