५ आश्विन २०८१, शनिबार | September 21, 2024

जसपा फुटको रहस्य


1.2k
Shares

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा छन् । तर, उनी भ्रमण रहेकै बेलामा जसपा फुटेको छ ।

जसपामा अशोक राई नेतृत्वको बहुमत सांसदले नयाँ पार्टीका लागि निर्वाचन आयोगमा आइतबार निवेदन दिएका छन् । राईलाई साथ दिनेमा प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो, सुशिला श्रेष्ठ र असिना खान छन् ।

उपेन्द्र यादवको साथमा राजकिशोर यादव, प्रकाश अधिकारी, रेखा यादव छन् ।

यादव प्रचण्ड नेतृत्वको सरकारमा वाध्यतावश गएको चर्चा चलिरहेको बेलामा पार्टी फुटेको छ । पछिल्लो समय नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सरकार ढाल्न सक्रिय रहेका थिए । उनले यादवलाई पनि आश्वस्त बनाएको बुझिएको थियो । यही बेलामा जसपा फुटेको छ ।

विश्वस्त स्रोतका अनुसार जसपा फुट्नुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भित्री भूमिका खेलेका छन् । अशोक राई एमाले पृष्ठभूमिका हुन् । उनलाई साथ दिने विरेन्द्र महतोको रघुविर महासेठसँग नातासम्बन्ध छ । ओलीले विगतमा पनि जसपा फुटाउन खोजेका थिए तर असफल भए । यसपटक भने उनले सफलता हासिल गरेको चर्चा छ ।

पार्टी फुटाउने पक्षधर नवलकिशोर साहले उपेन्द्र यादवले वर्तमान सरकार ढाल्न खोजेपछि आफूहरुले पार्टी फुटाएको तर्क गरेका छन् । वास्तवमा यो घटना विकास हुनुमा सत्ता समिकरण भत्काउने खेल अन्तर्गत नै भएको हो ।

प्रतिक्रिया