१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जीबी राई पक्राउ पर्लान् ?


415
Shares

काठमाडौं, २३ वैशाख । सहकारी ठगी प्रकरणमा फरार छन् जीबी राई । गृहमन्त्री रवि लामिछानेका विगतका व्यापारिक साझेदार समेत रहेका राई मलेशियामा रहेको चर्चा छ । इन्टरपोलले उनको नाममा रेड कर्नर नोटिश समेत जारी गरिसकेको छ । तर, राई पक्राउ परेका छन् ।

राईलाई लुकाएको भन्दै गृहमन्त्री लामिछानेमाथि आरोप लाग्दै आएको छ । यसलाई खण्डन गर्दै आएका छन् उनले ।

आइतबार नै गृहमन्त्री लामिछानेले जीबी राई पक्राउ गर्न माहोल सृजना गरेको कुरा बाहिर ल्याएका छन् । उनले मलेशियाका गृहमन्त्रीसँग टेलिफोन वार्ता गरेको विषय आएको छ । आइजीपी वसन्त कुँवरले पनि मलेशियाका प्रहरी प्रमुखसँग वार्ता गरेको खुलाइएको छ ।

राई पक्राउ परेमा सहकारी ठगीसम्बन्धी धेरै तथ्य बाहिर आउँछ । लामिछानेमाथि सहकारी ठगीमा संलग्न रहेको आरोप छ । यसलाई काँग्रेसले छानविनको विषय बनाउनुपर्ने भन्दै संसदीय समितिको माग गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया