३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सुदूरपश्चिम सरकार ढले केन्द्रमा हलचल आउने


747
Shares

काठमाडौं, २१ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार साँझ विश्वासको मत लिदैछन् । उनले विश्वासको मत पाउने हुन् या होइनन् निश्चित छैन । तर, सोडारी नेतृत्वको सरकार ढलेमा केन्द्र सरकार हल्लिनेछ ।

सोडारी माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका हुन् । एस केन्द्र सरकारमा छ । एस प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजिरहेको छ ।

माधव नेपाल सरकार ढाल्न सक्रिय छन् । उनी केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई बाहिर राखेर आफै प्रधानमन्त्री बन्न सक्रिय छन् । यसका लागि उपयुक्त मौका खोजिरहेका छन् ।
सुदूरपश्चिम सरकार ढलेमा एस सत्ताबाट बाहिरिनसक्छ । त्यतिबेला उपेन्द्र यादव नेतृत्वको जसपाले पनि नयाँ परिस्थिति अनुरुप आफूलाई ढाल्ने प्रयास गर्न सक्छ ।

यथास्थितिमा प्रचण्ड निकै छटपटिएका छन् । सरकार ढल्न राप्रपा निर्णायक शक्ति छ । ओली राजेन्द्र लिङ्देनलाई मनाउन खोजिरहेका छन् । तर, लिङ्देन ओलीसँग अनुसन्तुष्ट छन् ।

सत्ताको पछिल्लो खेललाई देश मध्यावधिमा लाने प्रयासका रुपमा पनि हेरिएको छ । ओली मध्यावधि चाहिरहेका छन् । तर, साना दल तत्काल त्यतातर्फ नबढ्ने हुँदा नयाँ घटनाक्रम विकास हुनसक्छ ।

प्रतिक्रिया