२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

शक्तिराष्ट्रबीच हतियारको होडवाजी, को कति बलिया


581
Shares

एजेन्सी, २१ वैशाख । विश्वमा शक्तिराष्ट्रहरुबीच प्रत्यक्ष युद्ध भएको छैन । तर, छद्म तरिकाले युद्धहरु भइरहेको छ । उनीहरु कमजोर देशहरुमा युद्ध फैलाएर आफ्नो रणनीतिक स्वार्थ लुटिरहेका छन् ।

अमेरिका र रुसबीचको टकराव विभिन्न क्षेत्रमा युद्धका रुपमा देखापरेको छ । युक्रेनमाथि रुसी हमलामा अमेरिकालगायत पश्चिमाहरुको पनि अप्रत्यक्ष संलग्नता छ । अमेरिकासहित पश्चिमा देशले युक्रेनलाई हतियार दिएर उक्साइरहेका छन् । तर, युक्रेनले ठूलो क्षति भोगिसकेको छ ।

रुसले पनि मध्यपूर्व, अफ्रिकालगायतका क्षेत्रमा युद्ध फैलाएको छ । इरान समर्थित यमनका हुथीले समुन्द्रमा पश्चिमा र उसको समर्थन गर्ने देशको जहाजलाई तारो बनाएका छन् । यसमा रुसको भित्री स्वार्थ लुकेको छ ।

विश्वभर छद्म युद्ध चल्दा हतियारको होडवाजी चलेको छ । अमेरिकाले हतियार निर्माणमा निकै कसरत गरिरहेको छ । हाइपरसोनिक हतियारको होडवाजी देखिन्छ अहिले ।

रुसले पनि अत्याधुनिक हतियार बनाएको छ अहिले । उसको हतियार पश्चिमाहरुको भन्दा प्रभावशाली रहेको विश्लेषण हुन थालेको छ ।

विश्वमा सुरक्षामा सबैभन्दा बढी खर्च गर्ने देश हो अमेरिका । उसले ९ सय अर्ब डलरभन्दा बढी प्रतिवर्ष खर्च गर्छ सुरक्षामा ।

चीनले झण्डै ३ सय अर्ब खर्च गर्छ सुरक्षामा । रुसले पनि त्यही हाराहारीमा खर्च गर्छ ।

भारतले पनि झण्डै एक सय अर्ब सुरक्षा बजेट राखेको छ । सुरक्षा बजेट बढी भएका देशहरुमा साउदी अरब, बेलायत, फ्रान्स, युक्रेन पर्दछन् ।

हतियारको होडवाजीले विश्वको शान्ति खलबलिएको छँदैछ । गरिबी बढ्नुका साथै गरिब राष्ट्रहरु समस्यामा पर्न वाध्य छन् ।

प्रतिक्रिया