१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महोत्तरीको मटिहानीमा गुठीको जग्गा कब्जा गर्न आगलागीको षड्यन्त्र


498
Shares

काठमाडौं, १९ वैशाख । महोत्तरीको मटिहानीस्थित भएको आगलगीको घटनामा गुठीको जग्गा कब्जा गर्ने षड्यन्त्र खुलेको छ । आफ्नो घर गाउँमा हुँदाहुँदै वडा नं. ६ स्थित रहेको विघौँ गुठीको जग्गामा अवैद्य रुपमा कब्जा गरी वस्ती बसाउने खेलको खुलासा भएको छ । गत बुधबार मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित गुठी संस्थानको तैनाथी जग्गा जरलहबा गाछी (बगैँचा) स्थित बस्तीमा आगलागी पश्चात सो जग्गा गुठीको रहेको र जबरदस्ती कब्जा गरी बसेको खुलेको हो ।

जरलहवा वस्तीमा गाउँमा घर भएका केही स्थानीयहरुले टहरा बनाएर भुँसा, पशुचौपायाको लागि कुन्यू (पोरा, लार) सँचित गर्दै आएको थियो । सोही क्रममा भएको आगलगीको क्रममा सयभन्दा अधिक घर जलेर नष्ट भएको हो । जलेका सबै घर सार्वजनिक सम्पति र गुठी सँस्थाको जग्गा रहेको खुलेको हो । उनीहरुले विगत केही बर्षदेखि जग्गा कब्जा गर्नको लागि नियति बसाउँदै आएको बुझिएको छ ।

सो जग्गा गुठी सँस्थान महोत्तरी शाखाका काममुकाम प्रमुख किशोर कुमार झाले पहिले पनि खाली गराएको सो गुठीको जग्गा पूर्णरुपमा कब्जा गर्न प्रपँच बसेको बताए । उनले आगलगी पीडितको नाममा सार्वजनिक जग्गामा घर टहरा पुनः बनाउने प्रयास भए अदालतसम्म जानुपर्ने बाध्यता भएको बताए ।

झाले सोही जग्गामा घर बनाउन नमिल्ने स्पष्ट पारेका छन्। उनले उक्त जग्गा गूठीको तैनाथी जग्गा भएकोले र गूठीको सो बगैँचा भएकोले त्यहाँ घर बनाउन नमिल्ने बताए। उनले सोही जग्गा पहिले पनि खाली गराए र अवैध कब्जा गरी केही घर टहरा बनाइएको बताए।

उनका अनुसार सोही स्थानमा जग्गा कब्जा गरी बसेका अधिकांशको गाउँमा घर छ। पहिले परालको टाल (कुंयु) र भूसा राख्ने गरेकोमा पछि त्यही कब्जा नै गरेको उनको दाबी छ।

फेरी सोही गुठीको जग्गामा राजनीतिक तवरबाट उनीहरुको घर टहरा पुनःनिर्माणको नाममा राजनीतिक स्क्याम गर्न खोजिएको आरोप छ ।

अहिले विभिन्न सँघसँस्थाहरुले त्यहाँका स्थानीयहरुलाई भोजन, वास र कपासको व्यवस्था गर्दै आएको हो । गुठीको विघौँ जग्गा कब्जा गर्ने नियति राखेका केही राजनीतिक दलका नेताको प्रपँच छताछुल्ल भएको छ ।

गुठिकाे जग्गा भएको ठाउँ बस्ने मानिसहरूकाे अधिकांशकाे घर कच्ची रहेकाे र सबै मुस्लिम परिवार रहेकाे साथै उनिहरूकाे खासै केही पनि सम्पत्ति नभएको भेटिएको छ  । साथै गुठि संस्थाले पटक पटक हटाउन खाेज्दा पनि राजनीति शक्ति प्रयाेग गरेर बसिरहेको गुठी संस्थाका एक अगुुवाले बताएका छन् । घटनामा पिडित परिवारकाे विवरण हेर्दा षड्यन्त्र रचिएको खुल्दै गएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया