१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुरुङमार्ग र फ्लाइओभरको लहर, अब कहाँ कहाँ बन्ने


581
Shares

काठमाडौं, १९ वैशाख । देशमा भौतिक विकासले गति लिदै गएको छ । योसँगै नयाँ नयाँ प्रविधि समेत अपनाइएको छ ।

देशमा सुरुङमार्गहरु धमाधम बनिरहेका छन् । यसले यात्रा सजिलो र छिटो बनाइदिएको छ ।

पहाडी क्षेत्रमा सुरुङमार्गको विशेष महत्व देखिएको छ ।

ट्राफिक जाम बढी हुने स्थानमा पनि फ्लाइओभर र सुरुङ निर्माण गर्ने क्रम बढेको छ । ग्वार्कोमा फ्लाइओभर अन्तिम चरणमा पुगेको छ । यो नेपालकै पहिलो हो ।

अब तीनकुन जडिबुटी क्षेत्रमा पनि सुरुङमार्ग र फ्लाइओभर निर्माण हुने भएको छ । यसका लागि जाइकाले सहुलियतपूर्ण ऋण दिने भएको छ ।

सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माण हुने भएको छ । यसका लागि प्रक्रिया बढेको छ । कलंकीमा अन्डरपास निर्माण भइसकेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया