इलाम २ मा मतदान

काठमाडौं, १५ वैशाख । इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको उपनिर्वाचनमा मतदान उल्लासपूर्ण रुपमा चलिरहेको छ । मतदानमा झण्डै ५० प्रतिशत मत खसिसकेको जानकारी निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।
इलामको चुनावमा १९ उम्मेदवार मैदानमा छन् । जसमध्ये १२ उम्मेदवार राजनीतिक दलसम्वद्ध हुन् भने ७ जना स्वतन्त्र उम्मेदवार हुन् ।