५ आश्विन २०८१, शनिबार | September 22, 2024

यी हुन् सर्वाधिक सैन्य खर्च गर्ने देश (सूचीसहित)


415
Shares

एजेन्सी, ११ वैशाख । विश्वमा हतियारको होडवाजी चलिरहेको छ । सैन्य क्षेत्रमा बलिया देशहरुले खर्च ह्वात्तै बढाएका छन् । सन् २०२३ मा त किर्तिमान नै गर्ने गरी खर्च बढाएका छन् ।

विश्वभर सैन्य खर्च २ हजार ४४३ अर्ब डलर खर्च भएको छ । अमेरिका एक्लैले विश्वको कुल सैन्य खर्चको झण्डै ४० प्रतिशत गरेको छ । उसले ९१६ अर्ब डलर खर्च गरेको छ । दोस्रोमा चीनले २९६ अर्ब डलर, रुसले १०९ अर्ब डलर, भारतले ८४ अर्ब डलर खर्च गरेका छन् ।

भारतको चीसो सम्बन्ध रहने गरेको पाकिस्तान सैन्य खर्चका दृष्टिले ३०औं स्थानमा छ । युद्धमा परेको युक्रेन पनि बढी खर्च गर्ने दश मुलुकमध्ये परेको छ ।

विश्वको तेस्रो धनी देश जापान सैन्य खर्च बढी गर्ने देशको दशौं स्थानमा छ ।

सर्वाधिक सैन्य खर्च गर्ने देश
अमेरिका, ९१६ अर्ब डलर
चीन, २९६ अर्ब डलर
रुस, १०९ अर्ब डलर
भारत, ८४ अर्ब डलर
साउदी अरब ७६ अर्ब डलर
बेलायत, ७५ अर्ब डलर
जर्मनी, ६७ अर्ब डलर
युक्रेन, ६५ अर्ब डलर
फ्रान्स, ६१ अर्ब डलर
जापान, ५० अर्ब डलर

प्रतिक्रिया