३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्ड सरकार चाँडै ढल्ने संकेत


2.5k
Shares

काठमाडौं, १० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको १६ महिना भएको छ । उनले यसबीच दुईपटक गठबन्धन नै फेरिसकेका छन् ।

२०७९ को चुनाव काँग्रेससँग गठबन्धन गरेर ३२ सिट पार्टीलाई दिलाउन सफल प्रचण्ड प्रधानमन्त्री बन्न नेकपा एमालेसँग मिले । राष्ट्रपतिको विषयमा विवादपछि गठबन्धन बदलेर काँग्रेससँग नै मिले । फेरि उनले गठबन्धन बदलेर एमालेसँग मिले ।

प्रचण्डको गठबन्धन फेरबदलले अर्को झड्का खाने भएको छ । यसको संकेत सत्ता गठबन्धनकै घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसमा नेपालले सरकार लामो नजाने संकेत गरेका हुन् । उनले भने, यो गठबन्धन कति दिन टिक्छ टुंगो छैन । यसको जवाफ प्रचण्डले दिन सक्ने बताए ।

नेता नेपालले परिस्थिति सहज नभएको समेत बताए । उनले दास बन्न नजन्मिएको समेत बताएर कडा संकेत गरे ।

यसअघि सुदूरपश्चिमको सरकार गठनलाई लिएर नेपालले गठबन्धनबाट विद्रोहको धम्की दिएका थिए । यसलाई व्यवस्थापन गरेपनि प्रचण्ड निकै अप्ठ्यारोमा छन् ।

प्रतिक्रिया