२३ आश्विन २०८१, बुधबार | October 9, 2024

ऋण बोकेर लगानी गर्न डराउँछन् सर्वसाधारण


166
Shares

काठमाडौं, १० वैशाख । यतिबेला बैंकहरुमा निक्षेप बढेको छ । तर, ऋण लिनेहरु आत्तिएका छन् । ऋण लिएर लगानी गर्न साहस गर्ने कमै छन् ।

विशेषगरी घरजग्गामा त ऋण लिएर लगानी गर्नेहरु नै पाइँदैन । अर्कोतर्फ, राष्ट्र बैंकको घरजग्गा कारोबारमा कडाई गर्ने नीतिले पनि असर पारेको छ ।

बैंकहरुले विगतमा घरजग्गामा बढी लगानी गर्दाको असर बजारमा परेको छ । अहिले ऋणको ब्याज उठाउन पनि धौ धौ परेको छ । लिलामीको शृंखला नै चलेको छ ।
बैंकमा निक्षेपको अनुपातमा कर्जा कम प्रवाह हुँदा तरलता बढेको छ । यसले आर्थिक क्षेत्रमा नकारात्मक असर परेको छ ।

बैंकले विगतमा निक्षेपलाई बढी ब्याज दियो । ऋणीलाई बढी ब्याज लियो । यसले ऋण लिनेहरु थिलथिलो भए । विगतमा तर्सिएका लगानीकर्ताहरु बैंकमा ऋण लिन जान डराउँछन् ।

अझै पनि निक्षेप बढिसक्दा बैंकहरुले कर्जाको ब्याजदर एक अंकमा झार्न सकेका छैनन् । यसले पनि समस्या ल्याएको छ ।

प्रतिक्रिया