६ माघ २०८१, आइतबार | January 19, 2025

प्रदेशको राजनीति झन् अस्थिर, संघीयता जोखिममा


332
Shares

काठमाडौं, १० वैशाख । देश संघीयतामा गएपछि जनताले सुख पाउँछन् र विकासले गति लिन्छ भन्ने धारणा विकास त गरियो तर राजनीतिक अस्थिरताले विकृति र विसंगति बढायो । अहिले केन्द्रमा त राजनीतिक अस्थिरता छँदैछ प्रदेशहरुमा झन् ठूलो समस्या आउन थालेको छ ।

कोशी प्रदेशमा सत्ता संघर्ष उत्कर्षमा छ । त्यहाँ काँग्रेसका केदार कार्की मुख्यमन्त्री छन् । कसैको पनि बहुमत नभएकाले कार्कीलाई पनि कठिन छ । उनलाई विश्वासको मत लिनुपर्ने वाध्यता आइलागेको छ । तर, कार्कीको बर्हिगमनपछि पनि अर्को दलको मुख्यमन्त्री बन्ने निश्चित भएको छैन ।

मधेश प्रदेशमा पनि डेढ वर्ष एकैजना मुख्यमन्त्री रहेपनि मन्त्रीहरु फेरिने क्रम चलेको छ । सत्तामा फरक दलका मन्त्रीहरु आउने जाने क्रम चलेको छ ।

बागमती प्रदेशमा पनि केन्द्रको सत्ता गठबन्धनको परिवर्तनको असर परेको छ । त्यहाँ माओवादीबाट मुख्यमन्त्री बनेका शालिकराम जमरकट्टेलले मुश्किलले विश्वासको मत पाउन सके ।

गण्डकी प्रदेशमा त सत्ता संघर्षको निर्णायक खेलाडी बनेका झन् दिपक मनाङे । उनी जो सत्तामा आउने देखिन्छ उतै लाग्छन् ।

लुम्बिनी प्रदेशमा पनि हालत उस्तै छ । त्यहाँ पनि सत्ता संघर्ष चलेको छ ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिएका छन् । सत्ता गठबन्धन बदलिएसँगै मुख्यमन्त्री फेरिएका हुन् ।

सुदूरपश्चिममा पनि मुख्यमन्त्रीका लागि संघर्ष चलेको छ । त्यहाँ नागरिक उन्मुक्ति पार्टीको विवाद छताछुल्ल भयो । मुख्यमन्त्री को बन्ने विवादले केन्द्रको सत्ता गठबन्धन झण्डै भत्किएको थियो ।

प्रदेशको राजनीतिक अस्थिरताले गतिलो सन्देश गएको छैन । यसले संघीयता नै जोखिममा पर्दै गएको छ ।

प्रतिक्रिया