२३ भाद्र २०८१, आइतबार | September 8, 2024

साइबर दास बनाउने चिनियाँ गिरोहको तारोमा नेपाली युवा


2.2k
Shares

एजेन्सी, ९ वैशाख । साइबर दास बनाउन मानव तस्करहरुले नेपाली युवालाई तारो बनाएका छन् । साइबर दास बनाएर यौनजन्य क्रियाकलापमा लगाउने चिनियाँ गिरोहले नेपाली युवालाई तारो बनाएका हुन् ।

इन्टरपोलले साइबर दास बनाउने गिरोहको तारोमा २७ देशका नागरिक परेको र त्यसमा नेपाल पनि रहेको तथ्य सार्वजनिक गरेको हो । विशेषगरी दक्षिण एशियाका नेपालसहित भारत, श्रीलंका र बङ्गलादेशका नागरिक बढी तारोमा परेका हुन् ।

चिनियाँ भाषा बोल्ने त्यस्ता गिरोहले म्यानमा पुर्याएर विभिन्न साइबर अपराधमा लगाउने गरेका छन् । उनीहरुले साइबर यौन अपराधमा समेत वाध्यतावश संलग्न गराउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

थाइल्यान्ड, लाओस जस्ता देशमा आकर्षक रोजगारीको लोभ देखाएर मानव तस्करी गर्ने गिरोहले म्यानमामा हजारौंलाई बन्धक बनाएर साइबर दास बनाउने गरेका छन् । उनीहरुले भनेबमोजिम साइबर अपराधका गतिविधिमा लगाउने गरेका छन् । महिलाहरुलाई यौनजन्य गतिविधिमा लगाएर पैसा असुल्ने गरेका छन् ।

साइबर दास बनाइएका आफ्ना नागरिकको भारत, श्रीलंकालगायतका देशले म्यानमारस्थित दूतावासमार्फत् उद्धार गरेका छन् ।

प्रतिक्रिया