१० भाद्र २०८२, मंगलबार | August 26, 2025

आज काठमाडौंका यी स्थानमा विद्युत अवरुद्ध हुने


581
Shares

काठमाडौँ,८ वैशाख। काठमाडौँका विभिन्न स्थानमा आज विद्युत अबरुद्ध हुने भएको छ । तीन वितरण केन्द्रका सम्बन्धित स्थानमा आज दिनभर विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी तथा डांछी फिडरअन्तर्गतका दक्षिणढोका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ भने बिहान साँढे सात बजेपछि नै अनामनगर धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने छ ।

विद्युत् प्राधिकरणका अनुसार मूलपानी फिडरअन्तर्गत विभिन्न स्थानहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र डांछी फिडरअन्तर्गत शिवचोक, दक्षिणढोका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुने छ ।

 

प्रतिक्रिया