३ आश्विन २०८१, बिहिबार | September 20, 2024

नेसनल पेमेन्ट गेटवेको भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर


415
Shares

काठमाडौं, ७ वैशाख । नेसनल पेमेन्ट गेटवेको भ्रष्टाचार प्रकरणमा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेको हो ।

तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेलको योजनामा ६ वर्षअघि २५ करोड लागतमा खरिद गरिएको पेमेन्ट गेटवे प्रयोगाम आउन सकेन । त्यसमाथि अस्वाभाविक लागत गरी स्वीकृत गराइएको विशेष अदालतको ठहर छ ।

यो प्रकरणमा मुछिएका कर्मचारीहरुले भने सफाई पाएका छन् । सफाई पाउनेमा सचिव मधुकुमार मरासिनी र संजय शर्मा, राष्ट्रिय सूचना केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, तत्कालीन लेखा अधिकृत निम बहादुर वली र रामबहादुर बुढा, कम्प्युटर इञ्जिनियर रामशरण गायक छन् ।

प्रतिक्रिया