१९ मंसिर २०८१, बुधबार | December 4, 2024

माधव नेपालसँग प्रचण्ड र ओली नै त्रस्त


747
Shares

काठमाडौं, ५ वैशाख । ३२ सिट ल्याएर तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेको १६ महिना पुगिसकेको छ । उनी अझै कम्तिमा ३ वर्ष प्रधानमन्त्री बन्ने दाउमा छन् ।

देशमा साना दलहरुको महत्व बढ्दै जाँदा तेस्रो होइन १० वा त्यो भन्दा कम सिट ल्याएर सातौं भएका दलहरु झन् बलिया देखिन थालेका छन् । यस्तै भएको छ सत्ता गठबन्धनमा ।

गठबन्धनको घटक नेकपा एसको १० सिट छ । तर, उसले यही सिटको बलमा प्रचण्ड र केपी शर्मा ओलीलाई तर्साइरहेको छ ।

ओली संसदमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष हुन् । तर, माधव नेपाल सातौं ठूलो दल नेकपा एसका अध्यक्ष हुन् । उनले झण्डै प्रचण्ड सरकार ढालिदिएका थिए ।
सुदूरपश्चिम प्रदेशको सरकार गठनमा दाबी गर्दै माधव नेपालले स्थिति नै उल्टाइदिए । नागरिक उन्मुक्ति पार्टीका सांसदलाई मुख्यमन्त्री बन्न रोकिदिए ।

माधव नेपालले अन्य प्रदेशमा पनि बार्गेनिङ गरिरहेका छन् । केन्द्रमा नेपाल प्रधानमन्त्रीको दाबेदार बनेका छन् । केन्द्र सरकारमा उनी निकै रणनीतिक चार्तुयता अपनाएर प्रधानमन्त्री बन्ने दाउमा छन् । उनले प्रचण्ड र ओलीलाई आच्छु आच्छु पारेका छन् ।

प्रतिक्रिया